जुम्लामा खाद्यान्न अभाव हुन नदिन २५ सय क्विन्टल चामल थप

जुम्ला । कोरोना माहामारीमा चामल अभाव हुन नदिन कोटा थप गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत गरिएको हो ।

जुम्लामा अनुदानको चामल अभाब भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय कुन्टल चामल थप कोटा स्वीकृत गरिएको हो ।

जुम्लामा चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए । उनले भने, प्रक्रिया सवै पुरा भएको छ । अब १०/१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ ।

प्रमुख सुनारका अनुसार प्रदेश कार्यालयसँग थप ५ हजार र नेपालगज्ज, बर्दिया, राजापुरबाट एक÷एक हजार कुन्टल चामल माग गरेका छौँ । उनले थपे ,‘ कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सवै कोटा स्वीकृत भएपछि आगामी आउने दसैतिहारमा पनि चामल अभाव हुने छैन ।

त्यस्तै जुम्लाका नागरिकलाई कोरोना माहामारीमा खाद्यको (चामल) लिन समस्या नहोस भन्नका लागी खाद्य संस्थान व्यापार कम्पनी जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित रुपमा चामल विक्री गर्दै आएको छ ।

जुम्लाको वार्षिक चामल कोटा ५हजार ६ सय ५० क्विन्टल हो । प्रमुख सुनारले भेन, जसमध्ये ९ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्दछ । ‘जुम्लाका लागि ४ हजार २ सय ५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले बर्षभरी चामल पुग्दैन । उनले भने, जुम्लाको जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ ।

२ वटा डिपो गरी २ हजार क्विन्टल चामलको कोटा विनियोजित गरेको हो । तर, चामल ढुवानीकर्ताले समयमै ढुवानी नगर्दा समस्या भएको स्थानीय गुनासो गरेका छन । जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख बढी जनसंख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको पाइएको छ ।

तपाईको प्रतिक्रिया