सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ३३४ जनाको आरटी पीसीआर परीक्षणमा ३३४ जनामा संक्रमण पुष्टि भएको छ । ५०९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप २३१ जनामा पुष्टी भएको हो । योसँगै पछिल्लो २४ घण्टामा ६६० जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ ।
कर्णालीमा हालसम्म आठ हजार ७११ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २८९ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ५०९ पुगेको छ ।
२१ देखि ३० वर्ष उमेर समूहका धेरै
कर्णालीमा कोरोना संक्रमण पुष्टी हुनेमा उमेर समूहमा २१देखि ३० वर्षका धेरै रहेको निर्देशनालयको भनाई छ । यो उमेर समूहका ३६ प्रतिशतमा कोरोना पुष्टी भएको हो । त्यसै, ३१ देखि ४० उमेर समूहका २५, ११ देखि २० वर्षका १४ प्रतिशत, ४१ देखि ५० वर्षका १२ प्रतिशत, ५१ देखि ६० वर्ष उमेरका ६ प्रतिशत, जन्मेदेखि १० वर्षका चार र ६१ वर्षमाथिका तीन प्रतिशतमा कोरोना पुष्टी भएको छ ।

नेपालीरैबार । २०७८ बैशाख २८, मंगलवार