भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधवार अपराह्न ४ बजेसम्म मात्र अक्सिजन दिन सकिने भन्दै उपचाररत बिरामीहरूले आ–आफ्नो व्यवस्थापन गर्नुपर्ने सूचना जारी गरेको छ ।
सरकारले अक्सिजन दिन नसकेपछि बाध्य भएर यो निर्णयमा पुग्नुपरेको अस्पतालले जनाएको हो ।
अस्पतालमा दैनिक ७ सयभन्दा बढी ठूलो साइजको अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा भैरहवामा रहेका तीनवटै र अन्य जिल्लाका प्लान्टबाट समेत आपूर्तिमा कठिनाइ भएकाले व्यवस्थापन गर्न नसकिएको अस्पतालले जनाएको छ ।
यसअगाडि पनि अस्पतालले विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएकाले कोरोनाका बिरामी भर्ना लिन नसकिने बताएको थियो ।
अक्सिजन माग भएपछि मंगलबार राति १२ बजे अस्पतालका सञ्चालकहरू प्रमुख जिल्ला अधिकारीको निवासमा पुगेका थिए ।
यस क्षेत्रका कोभिड अस्पतालहरूमा अक्सिजनको चरम अभाव छ ।

नेपालीरैबार । २०७८ बैशाख २९, बुधबार