हुम्लामा दक्ष जनशक्तिको अभाव अस्पतालमै थन्किए भेन्टिलेटर

हुम्ला । भेन्टिलेर सञ्चालन गर्ने जनशक्ति नहुदा जिल्ला अस्पताल हुम्लामा भेन्टिलेटर थन्किएका छन् । जिल्ला अस्पतालमा रहेका २ थान भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा थन्किएका हुन् ।

‘हामीसँग २ वटा भेन्टिलेर छन् । यसलाई सञ्चालन गर्न एनेस्थेसियोलोजिस्ट वा एनेस्थेसियाको आवश्यक पर्छ । यो हामीसँग छैन । यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नभएका कारण भेन्टिलेटर सञ्चालनमा ल्याउन सकेका छैनौं’, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले भने ।

उनले भने, ‘जिल्ला अस्पतालमा गत साल कार्णाली प्रदेश सरकारले उपलब्ध गराएको १ थान र नेपाल अष्ट्रिया साझेदारी संस्थाले उपलब्ध गराएको १ थान गरी २ थान भेन्टिलेर मेसिन छन् । तर, दक्ष जनशक्ति अभाबमा थन्क्याएर राख्नुपरेको छ । हामीसंग भएका भेन्टिलेटर मेसिनमा एउटामा अक्सिजन सप्लाई पाइप र एउटामा एबब्ीजी मनिटरसंगै अक्सिजन सप्लाई पाइप नभएकाले उक्त सामानहरुको ब्यवस्थापन हुनसकेको छैन । अब छिट्टै भेन्टिलेटर मेसिन सञ्चालनमा ल्याउनेछौं ।’

कोभिडको महामारी बढिरहेकमा बेला आफूसंग उपलब्ध भएका साधन प्रयोगम ल्याउन नसक्नु अस्पताल ब्यवस्थापनको कम्जोरी हो । भेन्टिलेटर सञ्चालन गर्नका लागि नयाँ दक्ष जनशक्ति नै चाहिदैन । अहिले अस्पतालमा भएका ६ जना डाक्टरमध्येबाट एक जनालाई यो सम्बन्धी तालिमा दिएर दक्ष बनाउन सकिन्छ । यसका लागि अस्पतालले ब्यवस्थापन गर्नुपर्ने हुम्लाका स्थानीयको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर जडान र अक्सिजन सञ्चालन गर्न २४ सै घण्टा बत्ती चाहिने भएकाले अस्पतालमा यसको ब्यवस्था नभएकाले नेपाल बिद्युत प्राधिकरण हिल्दुम वितरण केन्द्रले अस्पतालका लागि डारेक्ट लाइन जडान कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया