गुटका कारण विष्ट भएनन् मन्त्री, नेपाली र शर्मा पुनः मन्त्री नियुक्त

सुर्खेत । बुधबार मात्रै कर्णाली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थपेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुइ जनालाई निरन्तरता दिएका छन भने एक जनाको मन्त्री पद स्वाहा गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री शाहीले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री नियुक्त गरेका हुन ।

माओवादी र काँग्रेसको लडाई सँगै काँग्रेसको भागमा अब सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालय परेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री शाहीले जनार्दन शर्मा प्रभाकरको दबाबका कारण दुइ जनालाई मन्त्री नियुक्त गरेका हुन भने शक्ति बस्नेत निकट रहेका सांसद विन्दमान विष्टलाई पदबाट चिप्लाइ दिएका हुन । नयाँ दुई मन्त्रीको आज दिउँसो दुई बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ

तपाईको प्रतिक्रिया