एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गरिदै

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ।

कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ कोष स्थापना गर्न लागिएको हो। प्रदेश अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा सोमबार बसेको बैठकले एक करोडको कर्णाली प्रदेश पत्रकार कल्यानण कोष स्थापना गर्ने निर्णय गरेको महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

कोषबाट तत्कालीन रुपमा कोरोना महामारीबाट पीडित भएका पत्रकारको राहत तथा उद्धारमा सहयोग गरिनेछ भने दीर्घकालका लागि विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिनेछ। कोष स्थापनाका लागि महासंघले कर्णालीका उद्योग, व्यवसायी र तीन तहका सरकारसँग सहयोगका लागि अपिल गरेको छ।

तपाईको प्रतिक्रिया