प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । शुक्रबार (आज) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमाथि प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुनेछ । अध्यादेशमार्फत बजेट ल्याउन लागेको बेला त्यसको पूर्वसन्ध्यााम प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाल्नुभएको हो ।

यसपालि सरकारको नीति तथा कार्यक्रम भने आएको छैन । संवैधानिक व्यवस्था अनुसार भोलि (जेठ १५ गते) बजेट आउँदैछ । तर संसद नरहेको अवस्थामा पनि अध्यादेश मार्फत् पूर्ण बजेट नै ल्याउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया