काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको कृषि पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। बजेटका सबै दस्तावेजलाई अन्तिम रुप दिइसकेकाले आज मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो।
मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ।
नेपालीरैबार । २०७८ जेष्ठ १५, शनिबार