सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको केन्द्र नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँको १५ सैया को अस्पताल टेन्डर आह्वानको मुखैमा विवादमा परेको छ । सरकारले प्रत्येक स्थानिय तहमा ५-१० र १५ सैया अस्पताल बनाउने अवधारणा अनुरुप नरहरिनाथ गाउँपालिका को अस्पताल निर्माण सुरु हुने अन्तिम समयमा विवादित बनेको छ । जग्गा खरिद नापनक्सा देखि डिपीआर तयार भएर टेन्डर आह्वान गर्ने बेलामा राजनितिक खिचातानी का कारणले बिबादमा परेको हो ।
गत बैशाख २६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत (नीति योजना तथा अनुगमन महाशाखा ) को पत्र संख्या ०७७-०७८ को चलानी नं २२० को पत्राअनुसार गाउँपालिकाले साविककै स्थानमामा डिपीआर तयार भैसकेको र भवन बनाउदा आवस्यक हुने वा क्षेत्रफल कम पर्न गएमा गाउँपालिकाले भुगोल उपलब्ध गराउने र त्यहा मन्त्रालय बाट टेन्डर आह्वान को लागि पत्राचार गरिदिन भनेर मिति २०७८-०२-०२ गते को पत्र संख्या ०७७-०७८ को चलानी नं २१८६ को सिफारिस मा उल्लेख छ ।
त्यसैको अर्को दिन जेठ ४ गते गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टको अध्यक्षतामा बसेको सर्वपक्षीय ,सर्वदलीय बैठकले पनि पुरानै ठाउँमा डिपीआर तयार भएको र निर्माण सुरु गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।
उक्त सिफारिस बमोजिम नै स्वास्थ्य मन्त्रालयअन्तर्गत नीति तथा अनुगमन महाशाखा ) ले जेठ १४ गते परिपत्र गरेको भोलि पल्टनै केही राजनितिक दलका नेताहरुको राजनीतिक खिचातानीका कारण भुगोल र प्राविधिक समस्या देखाई साविकको प्राथमिक स्वास्थ्य केन्द्रका तीन भवन र १ क्वाटर गरि चारवटा भवनहरु त्यहाँभएको स्रोत साधनहरुसबै भत्काउने र अर्को ठाउँ अहिले स्थान बाट करिब आधा घण्टा अर्को ठाउँ बनाउने कार्यपालिकाको निर्णयलाई लिएर अहिले विवाद चर्किएको हो ।
गाउँपालिकाको वडा न ३ आधा, वडा नं ४,५,६ अस्पताल सार्न हुदैन भन्ने पक्षमा छन भने वडा नं ३ कै आधा सार्नुपर्छ भन्नेमा छन । प्राविधिक त्रुटि देखाई अर्को ठाउँमा एक वर्ष पछि पैसा दिने कागज गराउने र डिपीआर तयार गरि काम सुरु गर्ने सुचना पाएको र आफुहरु अब के गर्ने भनेर छलफल मै रहेको बेला गोकर्णप्रसाद उपाध्यायले सामजिक संजालमा खबदारी गरेपछि बिवादले चर्को रुप लिएको हो ।
‘संरचना भइरहेको र सबैलाई पायक पर्ने स्थानमा नै अस्पताल बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ स्थानीय जीवन विक भन्छन्, ‘हामीले हस्ताक्षर अभियान चलाएका छौं । गाउँपाकिलामा ज्ञापन पत्र पेश गरिएको छ ।’ उनी भन्छन्, ‘आज गाउँपालिकामा ज्ञापनपत्रसमेत पेश गरेका छौ त्यसको सुनुवाई भएन भने थप संघर्ष गर्ने हामी तयार छौं ।’
यता गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भने केहि व्यक्तिहरुले विवाद गरेको बताए । ‘केहि व्यीक्तहरुले विवाद गरेका छन् । हामीलाई प्राविधिक रुपमा अर्को स्थानमा भवन बनाउन भनिएको छ । त्यहि कारण त्यहाँ सार्न लागिएको हो ।’ उनी भन्छन्, ‘हामीले बलियो र भरपर्दो स्थानमा सो भवन निर्माण गर्ने तयारी गरेका हौं ।’ उनले अन्यत्र सार्ने भन्दा पनि सोही वडामा नै बनाउने निर्णय गरेको दाबी गरे ।
‘मेरो घर जान तीन घण्टा लाग्छ । आफ्नोलागि हामीले अस्पताल पायक पर्ने स्थानमा बनाउन खोजेका होइनौं ।’ उनी भन्छन्, ‘दिर्घकालीन रुपमा हेरेर अस्पताल बनाउन खोजिएको हो । माननीय जीवन बुढाको गाउँ भएका कारण आरोप लगाइएपनि यसमा उहाँको हात छैन ।’

नेपालीरैबार । २०७८ जेष्ठ २२, शनिबार