
एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले बराबरी खेलेको छ ।
शनिबार राति भएको मैत्रीपूर्णमा वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल बराबरीमा रोकिएको हो ।
युरोकप फुटबलको तयारीका लागि वेल्सले अल्बानियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकप जुन ११ बाट सुरु हुँदैछ ।
वेल्स समूह ‘ए’ मा रहेको छ । यस समूहमा टर्की, इटाली र स्विजरल्याण्ड रहेको छ ।
अर्को मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई १-० ले हराएको छ ।

सुरेश आचार्य । २०७८ जेष्ठ २३, आईतवार