काठमाडौं। साइबेरियामा २४ हजार बर्षसम्म चिसोमा जमेको अवस्थापछि एक माइक्रोस्कोपिक (नांगो आखाले देख्न नसकिने जिव) बहुकोषिय जिव जिवित भएको छ । सोमबार यो खोज करेन्ट बायोलोजिमा प्रकसित भएको छ ।
रुसी वैज्ञानीकहरुले रोटिफेरा फाइलम अन्तर्गतको यो जिवको नाम ब्डेलोइड रोटिफर दिएका छन् । यो जिवले एसेक्सुएल रुपमा प्रजनन् गर्न सक्छ । यसअघिको अध्ययनले यो जिव दशौं वर्ष जमेर बाँच्न सकेको देखाएको थियो ।
अहिले भने यो जिव २३ हजार ९ सय ६० देखि २४ हजार ४ सय ८५ वर्षसम्म जिवित रहेको पाइएको छ । रोटिफेरा अन्तर्गतका जिव शुद्ध पानीमा पाइन्छन् । विश्व भरका यसका सयौं प्रजातिहरु रहेका छन् । तीमध्ये ब्डेलोइड रोटिफर एक हो ।
नेपालीरैबार । २०७८ जेष्ठ २६, बुधबार