महाधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन बारे निणर्य गर्न पदाधिकारी बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन बारे छलफल गर्न भन्दै भोली शनिबारका लागि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाका सहयोगी भानु देउवाले शनिबार २ बजे बुढानिलकण्ठमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा कोरोना संक्रमणलाई ध्यान दिंदै महाधिवेशन कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले ७(१० भदौका लागि तोकिएको महाधिवेशलाई दुई साता सार्ने गरी आन्तरिक तयारी अघि बढाएको हो । जसअनुसार वडा तहदेखि केन्द्रसम्मकै कार्यतालिकामा सामान्य हेरफेर गर्ने कांग्रेसको योजना छ ।

तपाईको प्रतिक्रिया