सुर्खेत- लागुऔषधको रुपमा प्रयोग गरिने गाँजा पछिल्लो समय बहुउपयोगी औषधीको रुपमा प्रयोग गर्न सकिने भन्दै युवाहरु देशभर “गाँजा सचेतना अभियान“ ले सामाजिक सञ्जाल तताएका छन् ।
संघीय संसद्मा १९ फागुनमा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले निजी विधेयकका रूपमा गाँजालाई प्रवेश गराएसँगै अहिले देशभर गाँजा फुकुवाका लागि संगठित प्रयास भइरहेका छन् । गाँजालाई लागुऔषधको सूचिबाट हटाई नेपाललाई आर्थिक समृद्धिको बाटोमा लौजन गाँजाको वैद्यानिकरुमा खेति गर्न पाउनु पर्ने माग उनिहरुको छ ।
बहुमुखी वनस्पति गाँजा वैद्यानिकरुपमै कृषकलाई खेति गर्न दिई किसानलाई करको दायरामा राखी उत्पादनमुलक काम सुरु गर्नुपर्ने कर्णाली का युवा सामाजिक सञ्जाल एडमिन बिरेन्द्र आचार्य बताउँछन् । जसले गर्दा राज्यले पूँजिको लागि हात थाप्नु नपर्ने उनको तर्क छ । उनि भन्छन् गाँजा बहुउपयोगि वनस्पति हो, यसबाट विभिन्न उत्पादनहरु जस्तै धागो, कपडा, जुस तथा धेरै प्रकारका औषधिहरु स्वदेशमै उत्पादन गर्न सकिन्छ ।
नेपालको करीब दुई तिहाई जनसंख्याको जिबिकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । तीनै तहका सरकारको बजेटमा कृषि उच्च प्राथमिकतामै पर्छ तर वैज्ञानिक कृषि प्रणालीको अभाव र सरकारको कृषि नीति गतिलो नहुँदा बजेटमा समावेश गरिएका योजना तथा कार्यक्रम कागजमै सिमित हुने परिपाटीको अन्त्य हुन नसक्नुले नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेको आचार्यको बुझाई छ ।
हरेक बर्ष कृषिका लागि आउने लाखौं बजेट पहुँचको आधारमा वितरण हुँदा वास्तविक किसान ओझेलमा छन् । जमिनमा स्वामित्व हुनेहरु कृषिमा लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन्, भने जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनको दुई तिहाई जग्गा धनीलाई बुझाउन बाध्य छन् । सिंचाई छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ छैन, मल छैन, प्रविधि सिकाउने प्राविधिक छैनन्, बेच्ने बजारसमेत नहुँदा बास्तविक किसान मर्कामा परेको आचार्यको गुनासो छ ।
धान, गहुँ, मैकै जस्ता परम्परागत खेतिले किसानलाई खान त पुगेको छ । परम्परागत कृषि पणर्ाली अपनाउने प्राय किसानका बालीहरु नगदे बाली बन्न नसकिरहेको बेला नगदेवालीको रुपमा नेपाली किसानहरुले गाँजा खेती गर्र्न किन नपाउने ? भन्ने आवाज पछिल्लो समय कर्णालीका युवाहरुले पनि उठाउन थालेका छन् । नेपाली किसानहरुको मुख्य समस्याहरु परम्परागत बालिनालीबाट उत्पादन कम, सिंचाईको अभाव, उत्पादित वस्तुले बजार भाउ नपाउँने जस्ता समस्याबाट मुक्ति पाउन गाँजा खेतीले सहयोग गर्ने उनीहरुको तर्क छ ।
गाँजा नेपालको रैथाने वनस्पती भएका कारण नेपालका सबै भुभाग (हिमाल, पहाड, तराई) मा सजिलै हुर्क्न सक्ने बाली भएको भन्दै यसलाई अरु बाली जसरी सिंचाईको अभाव नहुने, बहुउपयोगी र बहु आय बाली भएकाले पनि यसको हरेक भागबाट आम्दानी लिन सकिने एडमिन आचार्य बताउँछन । तर नेपालमा गाँजालाई आगुऔषधको रुपमा सुचिकृत गरिएको छ । यसको खेती तथा बेचबिखनमा सरकारले रोक लगाएको छ । तर अहिले गाँजामा किन प्रतिवन्ध लगाइएको हो ? अज्ञानताले ? भ्रष्टाचारले ? कि अन्यायले । भन्ने आवाज उठ्न थालेको छ ।
जनचेतनाको कमिले गाँजाप्रतिको नकरात्मक दृष्टिकोण परिवर्तन गरी यसको उत्पादन तथा संरक्षणमा सबैले चासो दिए लाखौ नेपालीहरुलाई विदेशिनबाट रोक्न सकिने आचार्य दावी गर्छन । औषधी तथा कपडामा बाहिरिने करौडौ रकम गाँजा खेतिबाट रोक्न सकिने भन्दै यसले मुलुक समृद्ध हुन समय नलाग्ने उनको तर्क छ ।
नेपालीरैबार । २०७८ जेष्ठ ३१, सोमबार