सुर्खेत । यतिखेर सुर्खेतका बाढीपीडितलाई रोगभन्दा भोकको चिन्ताले सताएको छ । निषेधाकाका कारण काम नपाएपछि बाढीपीडितलाई घर खर्च चलाउन हम्यहम्य परेको छ ।
विगत सात वर्षयता सुर्खेतको बराहताल गाउँपालिका–३ गिरीघाट स्थित शिविरमा बस्दै आएका बाढीपीडित भोकमारीको चिन्तामा छन् । दिनभर काम गरेर साँझ घरको च्हुलो बाल्दै आएका बाढीपीडितहरु निषेधाज्ञाले काम नपाउँदा ठप्प बनेका छन् ।
यसैबिच रोगभन्दा भोकको चिन्तामा परेका बाढीपीडितको घाउमा मल्हम लगाउन अन्तराष्ट्रिय मानवता समूह साहारा बनेको छ । समूहले केहीदिनका लागि पुग्ने खाद्यन्न राहत दिएपछि बाढीपीडित खुसी भएका हुन् । आर्थिक अवस्था निकै नाजुक भएका बाढीपीडितलाई महामारीको बेलामा आय आर्जन गर्ने अन्य कुनै विकल्प छैन । भोकमरीले छाक टार्न मुस्किल परेका १ सय १५ घरधुरी बाढीपीडतलाई अन्तराष्ट्रिय मानवता समूह, कर्णाली प्रदेशले खाद्यन्न दिएको हो ।
समूहका कर्णाली प्रदेश प्रमुख रेशम नेपालीका अनुसार १ सय १५ बोरा चामल, १ सय १५ केजि दाल, १ सय १५ केजि नुन, ५८ लिटर तेल र १ सय १५ पिस साबुन वितरण गरिएको हो । यस अभियानलाई सहयोग गर्न सफल पार्ने अमेरिकामा बस्ने सहयोगी मन बाढीपीडितका अन्नदाता आङ डि शेर्पा, तेम्बा शेर्पा र तेन्जिङ शेर्पाले एक लाख पचास हजार सहयोग गरेको समूहका कर्णाली प्रदेश प्रमुखसल्लाहकार तृर्सना हमालले बताइन् । साथैउनले सहयोगी मनलाई धन्यवाद ब्यक्त गरिन् ।
२०७१ साउन २९, ३० र ३१ गते आएको बाढीले सुर्खेतमा २४ जनाको ज्यान लिएको थियो । भने ९१ जना बेपत्ता भएका थिए । बेपत्ता सबैलाई सरकारले मृत घोषणा गरिसकेको छ । कुल १ हजार ४५ विस्थापित घरधुरीमध्ये ४ सय ५४ घरधुरी अहिले पनि विभिन्न शिविरमा बस्दै आएका छन् । शिविरमा बाढीपीडितलाई कोरोना संक्रमणसँगै भोकमारीको त्रास फैलिन थालेपछि सहयोगी हातहरु जुटाउन अन्तराष्ट्रिय मानवता समूहका संयोजक एचबी ताम्राकारले भुमिका खेलेका हनु । साथै ताम्राकाले शिविरमा पुगेर राहत वितरण गर्ने कर्णालीको टिमलाई धन्यबाद दिदै उच्च प्रशंका गरेका छन् ।
रोग र भोकको त्रास हटाउँदै शिविरमा बसेका बाढीपीडितलाई कर्णाली सरकार र सुर्खेतका स्थानीय तहले आउँदो दसैँभित्र पुर्नस्थापना गर्ने तयारी पनि गरेका छन् । जसका लागि प्रदेश सरकारले प्रतिघरधुरी तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने छ । भने सम्बन्धित स्थानीय तहले पुर्नस्थापनाको जिम्मा लिने छन् ।
नेपालीरैबार । २०७८ जेष्ठ ३१, सोमबार