कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत । कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली सरकारको ल्याएको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमकाे पक्षमा हुन्छ भन्ने सांसदहरू हात उठाउँदै ।

ध्वनी मतका आधारमा सभामुख राजबहादुर शाहीले निर्णयार्थ पेश गरेका थिए । नीति तथा कार्यक्रमकाे पक्षमा नेकपा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना गरी १९ जनाले मतदान गरेका थिए । एमालेले भने विपक्षमा मतदान गरेकाे छ । एमालेका १६ सांसद सहभागी थिए ।

पासहुनुअघि नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरूकाे जवाफ दिँदै मुख्यमन्त्रीले सबैकाे हित हुने कार्यक्रम अघि सारेकाे बैठकमा जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रमकाे विपक्षमा हुन्न भन्ने सांसदहरू हात उठाउँदै ।

सदनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि आएका प्रश्नको जबाफ दिदै पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएपछि सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

बैठक दिउसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । चार बजेपछि बस्ने अर्को बैठक मार्फत कर्णाली सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरेको छ । बजेटको आकार र कार्यक्रम गत वर्ष सरहकै रहनेछन् । भने बजेटले कोरोना माहामारी नियन्त्रणलाई प्राथमिकता दिने मुख्यमन्त्री शाहीले नेपाली रैबारलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया