हिजोआज युरोकप फुटबल हेर्ने भएर प्राय अबेर सुत्ने र ढिलो उठ्ने नै हुन्छ । आइतबार बिहानै एकजना पत्रकार मित्रको फोनले मेरो निन्द्रा खलबलियो । निन्द्रामै विस्तारै फोन उठाए । फोनमा उनको जिज्ञासाले त मेरो दिमाग नै शुन्य भयो । मथिङ्गल हल्लियो । एक्कासी निन्द्राको अध्यारो झैँ पुरै संसार अध्यारो भएजस्तो महशुस भयो ।
अनी विस्तारै जवाफ दिए । एकछिन बुझेर खवर गर्छु है ? फोन राखे । मेरो धड्कन बढिरहेको थियो । हत्तपत्त म्यासेन्जर खोलेर हेरे । धेरै म्यासेजहरु थिए । सुरुमै नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र न-२ का क्षेत्रिय सचिब तथा प्रदेश ख का शभापती कृपाराम थापाले पठाएको म्यासेज हेरे । उहाँसँग मेरो मामाभान्जाको नाता हो । उहाँले पनि हतारहतारमा म्यासेज फर्वाड गर्नुभएको रहेछ । हतारको म्यासेजले मलाई उहाँले भाई सम्बोधन गर्दै लेखेको म्यासेज थियो । भाई तप्त दाइ हामीलाई छोडेर जानू भएछ । एक मनले पत्यार लागेन । तर अर्को मनले जिम्वेवार नेताको म्यासेज हो, यस्तो कुरामा त ख्यालठट्टा हुदैन भनेर पत्याए पनि ।
तर आफैले नदेखेको भएकाले पनि मेरो आदर्श नेता तप्त बिष्टको निधन अप्यारीलो लाग्ला लाग्दै मैले पत्रकार मित्रलाई घटना साच्चै रहेछ भनेर खवर गरे । त्यसपछि मैले त्यो घटना बाहेक अन्य सबै कुरा बिर्सिसकेको थिए । मोबाइलमा धेरै फोनका घण्टी बजिरहेका थिए । धेरैले सोधेको उत्तर दिए । तर आफुले भने कसैलाई फोन गर्ने आटनै गर्न सकिन । केहिबेरपछि स्वर्गीय बिष्ट जी लाई स्थानीय स्तरबाट लामो समय साथ दिएका चौकुने गाउपालिका २ का वडाध्यक्ष तथा दाजु मायाराम जैशीलाई फोन गरे । उहाँ पनि म जस्तै निशब्द हुनुहुन्थ्यो ।
उहाँले भने, ‘दिनमा खेतमा काम गर्न जाने सोच बनाएको मलाई काममा जाने जाँगर नै आएन । खवर सुनेपछि काम छोडेर बसिरहेको छु । केही सोच्नै सकेको छैन ।’ दुखद घटनाले मेरो मन भारी भइरहेको थियो । बोल्ने कुनै शब्द र शक्ति थिएन । फेशबुकको भित्ताहरु स्वर्गीय बिष्टका समबेदनाका पोष्टहरुले रंगिएका थिए । सबैको फेशबुक पोष्टमा लेखिएको थियो: ‘पश्चिमसुर्खेतले अब एत्तिको नेता लामो समय पाउदैन’ हो साच्चै मलाई पनि उस्तै लाग्छ, ।
स्वर्गीय बिष्ट जी का सम्झनाका छालहरुले मलाई भावनामा बगाउदै थियो । मलाई यस्तो लाग्यो बिष्ट जी सँगै उनले मेरो सम्झानाहरु आफैसँग लगे । तर उहाँसँग बितेका मेरा विगतका सम्झनाहरु भने म सँग नै बाँकी छन् । हामीलाई छोडेर जानुभएको नेता जी विगतमा भनेका कुराले मलाई पलपल झीस्काई रहेका छन् । उहाँ भन्नुहुँन्थ्यो, मलाई युरिक एसिड छ । म हिड्न सक्दैन । यस्तो लाग्छ, पहिले हामीले उहाँलाई मोटरसाईकलमा बोके जस्तै हाल उहाँले हामीलाई छोडेर जादाँ कसैले बोकेर स्वर्ग पु¥याई दियो कि आफै सकसले ििहड्दै स्वर्ग पुगे ? स्वर्गीय तप्त बिष्ट आफ्नो निर्वाचन क्षेत्र जादाँ फुलमाला लगाएर स्वागत गरेजस्तो हामीलाई छोडेर गएको ठाउमा स्वागत गरेकी गरेनन् ? नेता जी लाई प्यारो लागेको त्यो स्वर्ग उहाँकै गाउँ जस्तो छ कि छैन ? नेता जी पुगेपछि सब जना जम्मा भएर घेरेकी घेरेनन होला ? उहाँ हाम्रो गाउँमा जादाँ बाजा बजाएर गेट बनाएर स्वागत गर्थेउ अहिले स्वर्गमा उहाँलाई बाजा बजाएर स्वागत गरेकी गरेनन् ? स्वागत गेट थियो कि थिएन होला ? अनी हामीलाई छोडेर तपाँई गएको स्वर्गमै पुग्नु भयो की कतै जिन्दगी अवरोध जस्तै मृत्युपछि पनि स्वर्ग नपुकी बिचबाटोमै थकाई मार्दै हुनुहुन्छ ? उफ…मनमा अनेक कुरा खेल्न थाले । यस्तै यस्तै कुराले बारम्बार झस्किरहेको छु म ।
आज भन्दा केही वर्ष अघि करिब २०६३ सालतिर मैले पहिलो पटक स्वर्गीय तप्त बिष्टलाई मेरै घरमा देखेको हुँ । तर देखेको दिनदेखी उहाँ मेरो आदर्श मानव हो । मेलै उहासँग कहिल्यै केही पनि मागीन । उहाँ पनि मलाई भन्नुहुन्थ्यो तँलाई केही गर्न सकिन मैले । अनी मेरो जवाफ हुन्थ्यो, मैले माग्ने र तँपाईले दिने चिज बाकी नै छन् । अनी उहाँ मुसुक्क हास्नु हुन्थ्यो । त्यो मुस्कान अनी ति कुरा र क्षणहरुले मेरो मन पिरोलिरहेको छ । अब मैले मागेको चिज दिनलाई तपाँई हामीमाझ रहनु भएन ।
दुई बर्ष अगाडी नेपाली काङ्ग्रेसले देशैभर जागरण अभियान चलाएको थियो । त्यो बेला उहाँलाई केन्द्रीय कार्यसमितिले जाजरकोटको कमाण्डर तोकेको थियो । उहाँ एक चरण अभियान चलाएर सुर्खेत फर्किनु भएको थियो । दोस्रो चरण जान थाल्नु भएको रहेछ । बाबियाचौर केसी होटलमा उहाँसँग अकस्मात भेट भयो । म सँग जाजरकोट हिड भन्नुभयो । म काम मै थिए । तर नाई भन्न सकिएन । त्यो बेला करिब १ हप्ता जाजकोट घुम्ने र नेताहरुलाई चिन्ने अवसर पनि मिल्यो । मलाई उहाँको संगठन चलाउने तरिका, कार्यकर्तालाई दिने उर्जा र आत्मबलले भरिएको कुराहरु सुन्दा जाजरकोटका नेताहरुले सुनिरहेको अनुभव गर्थे मैले । करिब १५ दिन जाजरकोट बसाईले त्यहाँका नेता कार्यकर्ताकोबिचमा सुर्खेतकै नेताहरुको जस्तो निकटता भैसकेको थियो ।
उहाँको बिशेषता साहसी नै हो । जनताको फाईदाको लागि जस्तोसुकै कठिन काम गर्न नडराने । अघिल्लो बर्ष लकडाउनमा निर्वाचित सांसदहरु चुपचाप बसिरहेकै बेला उहाँ सुर्खेतका प्रत्येक ठाउँमा पुगेर साबुन पानीले पटक पटक हात धुन सिकाउँदै साबुन स्यानिटाईजर र माक्स बाड्दै जिल्लाभर दौडिनु भयो । गत बैशाख महिनामा भारतबाट आएका नागरिकको नजिक कोही नजादाँ जिल्ला समन्वय समिति सुर्खेतको भवन अगाडिी पानी नपाएर तड्पिएका नागरिकलाई पानी र चाउचाउ बाड्न सबैभन्दा अगाडी उहाँ नै पुग्नु भएको थियो । यतिबेला अत्यन्तै साहसीक नेता गुमाउदा सिङ्गो मुलुक र समग्र सुर्खेतलाई क्षती भएको छ । तर पश्चिम सुर्खेतलाई भने पुर्ण क्षती पुगेको मलाई महसुश हुन्छ । उहाँले पश्चिम सुर्खेतका नेपाली काङ्ग्रेसका कार्यकर्तालाई टुहुरा बनाएर जानू भएको जस्तो लाग्छ ।
स्वर्गीय तप्त बिष्टले एकदिन एक्लै हुदाँ मलाई भन्नुभयो ‘म भएन भने तेरो राजनीति पनि हुदैन’ त्यतिबेला मलाई त्यो कुरा सामान्य लागेको थियो । तर उहाँ हामीमाझ नभएको पहिलो दिनमा नै मलाई त्यो कुरा गम्भीर लागिसकेको छ । म प्रष्ट छु । यस्तो मलाई मात्रै लागेको होईन । पश्चिम सुर्खेतका अधिकांश नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई यस्तै लागेको छ । मृत्यु एक धुब्र सत्यकुरा पनि भएकाले हामीले स्विकार्नै पर्छ । अन्तत ः तमाम पिडाकाबिच हामीले प्यारो नेतालाई बिदाई गर्नैपर्छ । अब यो शोकलाई शक्तिमा बदलौ पश्चिम सुर्खेतका नेता कार्यकर्ता एक ठाउँमा उभिनु पर्छ । अब उहाको बिरासत धान्न पश्चिम सुर्खेतको काङ्ग्रेसलाई चुनौती छ । चुनौतीका बाबजुत एक ढिक्का भएर आत्मबललाई बलियो पारेर जान जरुरी छ ।
अब आफ्ना सपनालाई थाती राखेर स्वर्गीय तप्त बिष्टका सपनालाई आफ्ना बनाएर पाटी र जनताको हितमा लागौं । अब तपाँइको पार्थिब शरिर त हामी माझ छैन । तर तपाँईका सकारात्मक सन्देश र तपाँई दिएको मार्ग निर्देशन अनी तपाँईका सम्झनाहरु हामी माझ नै छन् । तपाँईले हामीलाई छोडेर गएपनि तपाँईका सम्झनाले कहिल्यै छोड्ने छैनन् । तपाँईले देखाएको बाटोबाट म बिचलित हुने छैन । अनगिन्ती माया र सम्झना सहित अलबिदा तप्त बिष्ट जी !
लेखक – हरीचन्द्र भण्डारी, पश्चिम सुर्खेत चौकुने गाउँपालिका २ निवासी हुन् ।
नेपालीरैबार । २०७८ असार ६, आईतवार