वीरेन्द्रनगरले ल्यायो १ अर्ब ५६ करोड ५२ लाखको बजेट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ । नगरसभामा बिहीबार उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन् ।

जसमा चालुतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पूजीँगत तर्फ ४३ करोड ३१ लाख ३६ हजारको बजेट सार्वजनिक गरिएको छ । यस्तै सर्सत तर्फ ४ करोड ८९ लाख ६३ हजार, सामाजिक विकास तर्फ १३ करोड २४ लाख ७२ हजार र पूर्वाधार तर्फ १८ करोड २२ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ८ लाख १६ हजार बजेट विनियोजन गरेको हो ।

तपाईको प्रतिक्रिया