शुक्रबारसम्म भारी वर्षा, सचेत रहन आग्रह (यस्तो छ तीन दिनको मौसम पूर्वानुमान)

काठमाडौं । तीन दिन मौसम निकै नै प्रतिकुल रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । बुधबारदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिन देशभर नै हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । खासगरी प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । यी पाँचै प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै भारी वर्षाको सम्भावना रहेका यी प्रदेशहरुका विभिन्न क्षेत्रका भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र यसका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने चेतावनी महाशाखाले दिएको छ ।

भारी वर्षाका कारण दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएको भन्दै सबैमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–

बुधबार

दिउँसो– देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारीर धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया