सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन

२४ वैशाख, काठमाडौँ । मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरिएको हो ।आयोगको सदस्यहरुमा पूर्वसहसचिव जीवनवल्लभ अधिकारी, भूमिअधिकारकर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल छन्। आयोगको सदस्य सचिवमा भूमिव्यवस्थामन्त्रालयका सहसचिव शंकर थापालाई तोकिएकोस्रोतले जनाएको छ।

कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया