‘तीज आयो बरी लै’ (भिडियाे)

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरू बजारमा आउन थालेका छन् ।

यस्तैमा शरद कुमारी श्रेष्ठको स्वर रहेको तीज गीत ‘तीज आयो बरी लै माइती’ सार्वजनिक भएको छ । गीतमा नेपाली नारीको पिडा र बेदना गीतमा ब्यक्त गरिएको छ ।

गायिका श्रेष्ठकै शब्द तथा लय रहेको गीतमा विषन मानन्धरको एरेन्ज रहेको छ । विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन रहेको भिडियोमा राजेन्द्र बिसीको कोरियोग्राफी छ । राजु श्रेष्ठको निर्देशन रहेका आरोही चौलागाईले मोडलिङ गरेकी छन् ।

तपाईको प्रतिक्रिया