प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत खस्याे

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । दाेस्राे पटक विघटित प्रतिनिधि सभा पुनःस्थापना सर्वाेच्च अदालतले गरेपछि आज बसेकाे संसद बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका हुन् । कुल खसेकाे २४९ मत मध्य उनकाे पक्षमा १६५  मत खसेको छ । उनकाे विपक्षमा ८३ र तटस्थ १ मत खसेकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पदमा देउवाकाे पक्षमा स्पष्ट बहुमत देखिएकाे घाेषणा गर्नु भयाे । 

तपाईको प्रतिक्रिया