सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घरेलु मदिरामाथि फेरि मौसमी नजर तेस्र्याउन थालेको छ । बेला बेला चर्चा कमाउने उदेश्उले सुर्खेत प्रहरीले घरेलु मदिरा अभियान नियन्त्रण गरे जस्तो गरेर सस्तो लोकप्रियता कमाउन यो अभियानलाई निरन्तरता दिन थालेको हो ।
लागु औषधबाट आक्रान्त बनेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागु औषध नियन्त्रणतर्फभन्दा फेरि प्रहरीले सस्तो लोकप्रियताका लागि घरेलु मदिरा नष्ट गर्ने अभियान थालेको तस्वीर पठाउन थालेको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेका आफ्ना युनिटहरुलाई घरेलु मदिरा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर अभियान नै थालेको एक प्रहरी अधिकारीले नेपालीरैवारलाई जानकारी दिए ।
‘नयाँ एसपी साप ’ आएपछि काम देखाउन अभियान थालिएछ,’ ति अधिकारीले भने, ‘सुर्खेतमा घरेलु मदिरा नष्ट गर्नु सकरात्मक पक्ष हो त्योभन्दा प्रदेश राजधानीमा लागु औषध नियन्त्रणमा विशेष रणनीति बनाएको भए यसले तपाईँ हाम्रै सन्ततीको भविष्य सुनिश्चित हुन्थ्यो, त्यसतर्फ खास ध्यान पु¥याएको देखिएन हामीले भनेको सुझाव त टेर्ने कुरै भएन् ।’
प्रहरीले सञ्चारकर्मीलाई पठाएको ईमलमा कार्यालय तथा मातहत प्रहरी ईकाईहरुका वडा एरियाहरुबाट अबैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको उल्लेख गरेको छ ।
साउनु १ गतेबाट थालिएको अभियानमा तयारी घरेलु मदिरा ७६५ लिटर र कच्चा पदार्थ १४५ लिटर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार साउन २ गते तयारी घरेलु मदिरा ६८७, कच्चा पदार्थ २७०५, साउन ३ गते तयारी घरेलु मदिरा ८०५ र कच्चा पदार्थ २०५० लिटर नष्ट गरिएको छ ।

नेपालीरैबार । २०७८ श्रावण ४, सोमबार