सुर्खेत । इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी सम्वत् १४४२) ले भ्रातृत्व, सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएकाे कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्द्रप्रसाद कलाैनीले बताएका छन् ।
इलकाे अवसरमा मुसलमान समुदाय लगायत सम्पूर्ण नेपालीजनमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै जारी शुभकामना व्यक्तमा कलाैनीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधता रहेको नेपाली समाजमा एकता अभिवृद्धि गर्ने बताएका हुन् ।
विविधतायुक्त समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व भएकाे शुभकामना वक्तव्यमा कलाैनीले उल्लेख गरेका छन् । उनले विश्वभर फैलिएको कोभिड–१९ (कोरोनाभाइरस)को महामारीबाट आफू बच्न र अरूलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गरेका छन् ।
इस्लामले बकर इद (इद–उल–जोहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । बकर इदमा इस्लाम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन छ ।

नेपालीरैबार । २०७८ श्रावण ६, बुधबार