गुरु पूर्णिमाको अवसरमा युवाक्लवद्धारा बृद्धाश्रमका बा-आमा लाई भोजन (फोटो)

सुर्खेत । गुरु पूर्णिमाको अवसरमा डिभाईन युवा क्लव नेपाल सुर्खेतले बृद्धाश्रमका बा-आमा (बृद्धबृद्धा) लाई सध्याकालिन भोजन गराएको छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरु पूर्णिमा पर्वको शुभअवगसर पारी डिभाईन युवा क्लवमा आवद्ध युवाहरुले वीरेन्द्रनगर ३ स्थित प्रशान्ती बृद्धाश्रममा बसिरहेका आमा, बाबाहरुलाई खाना खुवाएका हुन् ।

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने चलन छ । यसै अवसरलाई मध्यनजर गरी डिभाईन युवा क्लवले बृद्धाश्रमका बा-आमा लाई भोजन कार्यक्रम राखेको हो ।

राधा माधव समिति नेपालको समन्वयमा डिभाईन युवा क्लवले बृद्धाश्रममा रहेका सबै बा-आमा लाई खाना खुवाएको युवा क्लवका जीवानन्द पाण्डेले जानकारी दिए । भोजन कार्यक्रमपछि बृद्धाश्रममा रहेका बा-आमा (बृद्धबृद्धा)हरुले क्लवलाई मावन सेवा जस्तो परोपकारी काम गरेको भन्दै धन्यबाद व्यक्त गरेका छन् ।

क्लवमा आवद्ध युवाहरु नविन सुवेदी, रेवती रमन उपाध्याय, प्रमोद न्यौपाने र चरित्र उपाध्यायको सहकार्य तथा उपस्थितीमा उहाँहरुको हातबाट बृद्धाश्रमका आमा बा लाई खाना खुवाउँदै गुरु पुर्णिमा पर्वसहितको सन्ध्याकालिन भोजन कार्यक्रम सम्पन्न गरिएको हाे ।

तपाईको प्रतिक्रिया