काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालीरैबार । २०७८ श्रावण १२, मंगलवार