पार्टी सरकार । सञ्चालनमा देखिएको मतभेद समाधानको उपाय खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष आज पनि छलफलमा जुट्दैछन्।
बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू छलफल भोलि बस्ने सचिवालय बैठकको एजेण्डा बनाउन केन्द्रीत छ।
पार्टी र सरकार सञ्चालनमा देखिएको असन्तुष्टि केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा पहिले दुई अध्यक्षले ठोस योजना बनाउने र त्यसलाई छलफलका लागि सचिवालयमा पेश गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
यसअघि गत बुधबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको लामो छलफलले सबैभन्दा पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको थियो।
‘पार्टीको नीति र सिद्धान्त के हुने भन्नेबारे एकीकृत पार्टीका नेताहरूको मत विभाजित भएपछि अध्यक्ष प्रचण्डले सबैभन्दा पहिले राजनीतिक दस्तावेज सार्वजनिक गरौं भन्ने प्रस्ताव गर्नुभयो,’ स्रोतले सेतोपाटीलाई भन्यो।
पछिल्लो समय नेकपाका दोस्रो वरियताका नेताहरू नै पार्टीको अबको नीतिबारे विभाजित छन्।
विशेषतः पूर्वएमालेका पनि ओली खेमाका मानिने नेताले जनताको बहुदलीय जनवादलाई एकीकृत नयाँ पार्टीले कुनै पनि हालतमा छोड्न नहुने बताउँदै आएका छन्।
बिशाल बिश्वोकर्मा
सुरेश आचार्य । २०७६ असार ६, शुक्रबार