पोषण कार्यक्रम बारे गाउँपालिका स्तरीय अर्धबार्षिक समिक्षा

दिप्तीशिखाचौधरी,
दङ्गिशरण,९ फागुन । बहुक्षेत्रीय पोषण यौजना तथा एकिकृत पोषण कार्यक्रम बारे गाउँपालिका स्तरीय अर्धबार्षिक समिक्षा कार्यक्रम आज बिहीबार दङ्गिशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा सुहाराका जिल्ला संयोजक सुरज कुमार शर्माले कुपोषण के हा ?,कुपोषणको वर्गीकरण,बालबालिकामा पोषणको अवस्था ,कुपोषणका कारण नेपालमा बाल मृत्युदर,पोषणको अवस्था सुधार गर्न नेपालमा भएका पहलहरु,पोषण बारे दिर्घकालिन सोच,लक्ष्य र उद्धेश्यहरु,गाउँपालिका तथा नगरपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशन समीतीको काम,कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराएका थिए ।

यस्तै सुहारा फिल्ड संयोजक सन्जय चौधरीले सुआहाराले प्रवद्धन गरेका दश मुख्य ब्यवहारहरु,सुआहारा कार्यक्रमका आगामि योजनाहरु,पोषण सम्बन्धि सुचकहरुको अभिलेख एंव प्रतीवेदनको गुणस्तरको सुधार तथम चुनौतीहरु लगाएतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सांसद धमकली चौधरीले गाउँघरमा अझै पनि पोषण सम्बन्धि ज्ञान नभएकाले बालबालीकहरु कुपोषित हुने गरेको बताईन् ।

उनले भनीन धेरै समयसम्म टिक्छ भन्ने मानशिक्ताका कारण आयोडिन नुन प्रयोग नगरेर ढिके नुन प्रयोगमा ल्याईरहेको देख्न सकिन्छ । त्यसैले अव यस्ता खालका कार्यक्रम गाउँमूखी बनाउँन आवश्यक छ । यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले पोषणयूक्त खाना खानुपर्छ भन्ने मानशिक्ता गाउँघरका नागरीकहरुमा नभएको भन्दै स्वास्थ्य सम्बन्धि यस्ता कार्यक्रमहरु टोल टोल गर्नु आजको आबश्क्ता रहेको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग रहेता पनि सबै सक्रिय नभएकाले पोषण सम्बन्धि कार्यक्रमले निरन्तरता नपाएको बताए ।

अवका दिनमा स्थानीय तहमा यस्ता स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गरि नागरीकहरुको नैर्सगिक बिकाश गर्नुपर्ने कुरामा जोड दिए । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एंव प्रदेश सांसद धमकली चौधरीको प्रमूख आतिथ्यता तथा गाउँपालिकाका कार्यकारी अधिकृत मार्शल कुमार वलीको बिशीष्ट आतीथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतीनिधी,स्थानीय नागरीकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखा प्रमूख विष्णु क्षेत्रीले गरेका थिए ।

तपाईको प्रतिक्रिया