काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य थप १० रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढ्दै ८९ हजार २०० रुपैयाँ उक्लिएको हो ।
तर, यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा समेत प्रतितोला १० रुपैयाँले घट्दै मंगलबार एक हजार २०५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । गत हप्तादेखिको निरन्तर ओरालो यात्रामा रहेको चाँदीको मूल्य थप मंगलबार समेत घट्न पुगेको हो ।
नेपालीरैबार । २०७८ श्रावण २६, मंगलवार