धवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपालीरैबार । २०७८ भाद्र ९, बुधबार