न्युजिल्याण्ड सरकारले काबुल बिमान स्थलमा यात्रा नगर्न ट्राभल एडभाईजरी जारी गरेको छ। न्युजिल्याण्डको विदेश मामिला र व्यापार मन्त्रालयले अब काबुल बिमानस्थलमा यात्रा नगर्न सम्बन्धित सबैलाई सूचित गरेको छ।
अफगानिस्तानमा आतंकवादी हमला चलिरहेकोले धेरै उच्च खतरा भएको न्युजिल्याण्डले जनाएको छ। काबुलस्थित हमिद करजाई अन्तराष्ट्रिय बिमानस्थलको यात्रा नगर्न सल्लाह दिएको छ। बरु अन्य सुरक्षित स्थानमा सर्न तथा थप सल्लाहका लागि पर्खन न्युजिल्याण्ड सरकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
अफगानिस्तानबाट मानिसहरुलाई बाहिर निकाल्ने बाटो छिटो बन्द हुने भएकोले ती सबैलाई सहयोग गर्न नसकिने पनि न्युजिल्याण्ड सरकारले जनाएको छ। न्युजिल्याण्ड सरकारले अब न्युजिल्याण्डमा पुनर्वासका लागि अफगानी नागरिकहरुबाट आवेदन स्विकार नगरिने पनि जनाएको छ।
एजेन्सी । २०७८ भाद्र १०, बिहीबार