सेप्टेम्बर ११ को कहालीलाग्दो क्षण सम्झाउने तस्बिरहरू

अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा चरमपन्थीले विमान ठोक्काएको आज २० वर्ष भएको छ।

२००१ सेप्टेम्बर ११ मा चरमपन्थीले चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला गरेका थिए। बोइङ ७७६ नामको एक विमान न्यूयोर्कको ११० तले ट्विन टावरसँग ठोक्किएको थियो।

पहिलो विमान बिहान ८स्४५ बजे उत्तर टावरमा ठोक्किएको थियो। १०२ मिनेटसम्म उक्त टावरमा आगो बलेको बताइन्छ। पहिलो विमानबाट टावरमा गरिएको हमलाको १८ मिनेटपछि बिहान ९ बजेर ३ मिनेट जाँदा दोस्रो विमान अर्को भवनमा ठोक्काइएको थियो। उक्त भवनमा करिब ५६ मिनेटसम्म आगो बलेको थियो।

यो हमलामा वर्ल्ड ट्रेड सेन्टर(दक्षिण र उत्तर टावर को दुई टावरहरू नष्ट भएका थिए। उक्त हमलामा करिब तीन हजार व्यक्तिले ज्यान गुमाएका थिए। सबैभन्दा बढी क्षति भएको ट्विन टावरलाई अमेरिकाले पुनः निर्माण गरेको छ। उक्त भवन २०१४ मा निर्माण सम्पन्न भएको हो। उक्त भवन निर्माण सम्पन्न भएको अर्को वर्ष खोलिएको थियो।

५४१ मिटर अग्लो उक्त भवन दुरुस्तै ट्विन टावर जस्तै बनाइएको छ। पुरानो भवनको सम्झनामा बनेको स्मारक र संग्रहालयलाई पनि नयाँ भवनमा स्थान दिइएको छ। आज पनि अमेरिकी जनता उक्त घटनालाई सम्झन्छन्। उक्त हमलामा मारिएका व्यक्तिको सम्झनामा स्मारकमा फूल चढाउँछन्।

 

तपाईको प्रतिक्रिया