राष्ट्र बैंकद्वारा नयाँ नाेट वितरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट उपलब्ध गराउन थलेको छ। केन्द्रीय बैंकले गत सातादेखि नै सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो । यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराउन थालेको हो ।

 

तपाईको प्रतिक्रिया