काठमाडौं । प्रियंका कार्कीले छोरी आयाङ्कालाई जन्म दिएकी छिन् । प्रियंकाले बुधबार आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी हुन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।
यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’ साथै, रबिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नातिनीसँगको फोटो पोस्ट गर्दै जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द नभएको बताएकी छिन् ।
एजेन्सी । २०७८ आश्विन ६, बुधबार