काठमाडौं । एटलेटिको मड्रिडबारे समाचार लेख्दै मार्काले भनेको छ, उसका लागि ‘गनम्यान’ स्वारेज फर्केका छन् । क्लबका समर्थक पनि चाहन्छन्, यी उरुग्वेली खेलाडीको लय कायम रहोस । गेटाफेविरुद्ध मध्य साता प्राप्त जितमा उनले दुई गोल गरेका थिए । त्यसमध्ये विजयी गोल ९० औं मिनेटमा सम्भव भएको थियो ।
यो जितपछि एटलेटिको फेरि एकपल्ट अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो । यो खेल गुमाएको भए, एटलेटिको र उसको छिमेकी रियल मड्रिडबीचको दूरी धेरे हुन्थ्यो । रियलले यसअघि मार्लोकामाथि आधा दर्शन गोल गरेको थियो । गत सिजन एटलेटिकोले स्पेनी ला लिगा जित्दा स्वारेज प्रमुख खेलाडी थिए ।
यसक्रममा उनले २१ गोल गरेका थिए । यसपल्ट उनको फिटनेसलाई लिएर धेरै प्रश्न थियो । अझ उनको उपयोगितामै पनि शंका थियो । तर उनले सबै आलोचकलाई उत्तर दिएका छन् । तर यो पर्याप्त भइसकेको छैन् । सम्भवतस् स्वारेज बार्सिलोना छाडेयता इखले पनि खेलिरहेका छन्, भलै उनी केही बुढा भइसके ।
यस साताका खेल :
एलाभेस–एटलेटिको
भ्यालेन्सिया–एथलेटिको क्लब
सेभिया–इस्पनयोल
रियल–भिल्लारियल
मार्लोका–ओसासुना
बार्सिलोना–लेभान्टे
रियल सोसिडाड–इल्चे
रायो भाल्कानो–काडिज
रियल बेटिस–गेटाफे
सेल्टा भिगो–ग्रेनेडा
एजेन्सी । २०७८ आश्विन ९, शनिबार