
बर्दिया । भदाै ३० गते देखि देशव्यापी रूपमा सञ्चालन भइरहेको नेपाल सरकारको १२ औं जनगणना कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले विशेष चासो देखाएको छ । शनिबार नगरपालिकाले सम्बन्धित पक्ष सगको उपस्थितिमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै विविध विषयमा छलफल गरी आफ्नो नगरपालिका भित्रको सत्य तथ्य र सही तथ्याङ्क संकलन गर्न आग्रह गरिएको हो।
ठाकुरबाबा नगरपालिकाको आयोजना एंव जिल्ला जनगणना कार्यालय गुलरियाको सहजीकरणमा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगरप्रमुख घन नारायण श्रेष्ठले प्रमुख अतिथिको आशन ग्रहण गरेका थिए । भने विशिष्ट अथितिमा नगर उप-प्रमुख कृष्ण कुश्मा थारु थिए ।
कार्यक्रममा नगरपालिकाका नौं वटै वडाका वडाध्यक्ष तथा प्रतिनिधि, जिल्ला जनगणना कार्यालय बर्दियाका कार्यालय प्रमुख दानबहादुर एडी, एंव ९ वटै वार्डमा घर परिवार सूचीकरणका लागि खटिएका सुपरिवेक्षकको सहभागिता रहेको थियो। जिल्ला जनगणना कार्यालय बर्दियाका कार्यालय प्रमुख दानबहादुर एडीले जनगणना प्रक्रिया, तथ्याङ्कीय विषयवस्तु, सम्बन्धित पक्षको काम कर्तव्य र अधिकार साथै स्थानीय सरकाले निभाउनुपर्ने भूमिका बारे प्रष्ट पारेका थिए ।
सुपरिव्यक्षक नियुक्ति देखि लिएर स्थानीय सरकार संगको समन्वय, घर परिवार सूचीकरण, मुख्य प्रश्नावली, कृषि गणना, सामुदायिक प्रश्नावली बारे उपस्थित सबैलाई जानकारी दिए । तथ्याङ्क सतप्रतिशत सही ल्याउन कोसिस् गरिएको बारे पनि प्रमुख एडीले जोड दिए । कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुश्मा थारुले आफ्ना नगरपालिका भित्रका कोही नागरिक नछुट्ने गरी तथ्याङ्क संकलन गर्न अनुरोध गरेका थिए ।
जिज्ञासा राख्ने क्रममा केही वार्ड अध्यक्षले आफूहरु सग केही सुपरिवेक्षकले समन्वय नगरेको प्रति गुनासो पोख्नु भएको थियो भने ९ नम्बर वार्ड अध्यक्ष राधा चौधरीले आफ्नो वार्डमा खटि आएका सुपरिवेक्षकले अहिले सम्म प्रतक्ष्य रुपमा वार्ड कार्यालयमै बसी ३ पटक सम्म छलफल गरी अगी बढेको र आफ्नो वार्डमा राम्रो कार्य भइरहेको बताएका थिए । कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख घन नारायण श्रेष्ठले सम्भवत बर्दिया मै जनगणना सम्बन्धी चासो राखेर जिल्ला जनगणना संगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको बताए ।
भोलिका दिनमा आफ्नो नगर भित्र विकास सग सम्बन्धित योजनाहरु निर्माणमा सहज हुने, आफ्ना नागरिकको गरणामा कुनै त्रुटि नभई सबैको सही तथ्याङ्क संकलन होस्, र सबै वार्डमा सही ढंगले समन्वयात्मक तरिका बाट आफ्नो नगरपालिकामा उदाहरिया जनगणना सम्पन्नताको उद्देश्य राखी यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको नगर प्रमुख श्रेष्ठले बताए । विगत र वर्तमानमा जनसंख्या वृद्धिदर, दोब्बर हुने अनुमान आफ्नो नगरपालिकाको विविध योजना एंव भावी रणनीति निर्माणमा सही जनसंख्याको उल्ख्य महत्व हुने भएकोले सही तथ्याङ्कमा सबैले सहयोग सहजीकरण कार्य गर्न सबै सग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले अनुरोध गरे ।

हरिवंश पाण्डे । २०७८ आश्विन ९, शनिबार