राष्ट्रपति बाइडेनले लगाए कोरोनाकाे ‘बुस्टर डोज’

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप लगाएका छन्। ​अमेरिकालेले ६५ वर्षभन्दा माथिका नागरिकलाई फाइजर खोपको तेस्रो डोज लगाउन सिफारिस गरेको छ।

७८ वर्षीय बाइडेनले पहिलो र दोस्रो डोज लगाउँदा आफूलाई साइड इफेक्ट नभएको पनि बताए। उनले पहिलो डोज डिसेम्बर २१ र दोस्रो डोज जनवरी ११ मा लगाएका थिए। करिब २६ लाख अमेरिकीले बुस्टर डोज लगाइसकेको अधिकारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया