कर्णालीले सम्झिने ति डा. हरीको शालिक स्थापना

सुर्खेत । कर्णालीमा लामो समयदेखी कार्यरत डा. हरि सापकोटाको निधन भएको आज एक वर्ष पूरा भएको छ । कर्णालीबासीले हाडजोर्नीको समस्या देखिए सबैले सम्झिने पहिलो नाम थियो डा. सापकोटा । नसम्झिउनु पनि कसरी आफ्नो जागिर यात्राको झण्डै तीन दशक डा. सापकोटाले कर्णालीमै सेवा गरे, दुःखीको सारथी बने र कयौं बिरामीका लागि प्रिय व्यक्तित्व बनिरहे ।


तर उनले कोरोना महामारीलाई जित्न सकेनन् र आजैको दिन नेपालगञ्जस्थित भेरी अस्पतालमा सदाका लागि संसार छोडे । उनको मृत्युले सिंगो कर्णाली मात्रै हैन सुदूरपश्चिमको बाजुरा, अछामका नागरिकरहरू स्तब्ध बनेको दिन पनि हो आज । सहकर्मी चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन, उनीबाट सेवा लिएका बिरामी तथा आफन्त भरसिलो डाक्टर गुमाउनुपर्दा पीडा अझै सेलाएकाे छैन् ।

कर्णाली प्रदेश अस्पतालले तिनै स्व. डा. सापकोटाको सम्झानामा अस्पताल परिसरमा शालिक स्थापना गरिएको छ । अस्पताल व्यवस्थापन समिति र अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काको अगुवाईमा शालिक स्थापना गरिएको हो । साथै अस्पताल परिसरमै डा. हरि सापकोटा अर्थोपेडिक वार्ड समेत आजैदेखी सञ्चालनमा ल्याइएको छ ।

‘सिनियर चिकित्सक बस्न नरुचाउने उहाँले सुर्खेतमा सेवा गर्नुभयो,’ निर्देशक प्रा.डा. खड्काले विगत सम्झ्दै भने, ‘एउटा अनुभूवि चिकित्सक गुमाउँदाको पीडा ताजै छ, तर उहाँले पु¥याएको योगदानको उच्च कगर गर्दै शालिक स्थापना र वार्ड सञ्चालन गरेका छौं ।’

खड्काअनुसार स्व. डा. सापकोटा जस्तो निखारिएको र कर्णालीको पीडा बुझेको चिकित्सक पाउन वर्षौ पर्खनुपर्नेछ । डा. सापकोटा प्रदेश अस्पतालमा ११ औं तहमा वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । अस्पतालबाट बचेको समय वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपयोग गरेका उनी बिरामीको उपचार गर्थे ।

२०७७ साल भदौ ३० गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालले नेपालगञ्जको भेरी अस्पतालमा रेफर गरेको थियो । उनको उपचारकै क्रममा बाँकेमा निधन भएको हो । बाँकेको खजुरा निवासी ५९ वर्षीय सापकाटा मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए । उनका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया