सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेको सांग्रिला विकास बैंकले विद्यार्थीहरुलाई बैंकिङ्ग वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुर्खेतका झण्डै एक सय बढी विद्यार्थीहरुलाई बैंकीङ्ग सम्बन्धि वित्तिय साक्षरताको महत्व र उदेश्यबारेमा प्रशिक्षण दिएको हो ।
वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका लगायतका बारेमा जानकारी गराएको शाखा प्रवन्धक सुरेन्द्र विष्ट जानकारी दिए । उनकाअनुसार कार्यक्रममा पछिल्लो सयम बैंकले सेवाग्राहीहरुलाई उपलव्ध गराउने सरल कर्जा प्राप्त गर्ने तरिकार र बचतहरुका विषयमा पनि जानकारी गराइएको हो ।
जिल्लाबाट बैंकीङ्ग सेवा प्रदान गरेको बैंकले नेपालगञ्जबाट पोखराहुँदै काठमाडौंबाट केन्द्रीय कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेकाे छ। बैंकका देशभर ९८ शाखा छन् भने ३१ वटा एटिएमबाट बैंकीङ्ग सेवा प्रदान गर्दै आएको छ । वीरेन्द्रनगरमा सेवाग्राहीको चाप बढेपछि यरिचौकमा शाखा थप गर्ने तयारीमा रहेकाे प्रवन्धक विष्टले जनाए ।
नेपालीरैबार । २०७८ कार्तिक ९, मंगलवार