सुर्खेत । समय थोरै र समस्या धेरै भएको बेला आफू मुख्यमन्त्रीमा नियुक्त भएकाले नागरिकहरुलाई निराश हुन नदिने गरी प्रदेशको हितमा काम गर्ने प्रतिवद्धता नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । सपथपछि पदभारग्रहण गरेका मुख्यमन्त्री शाहीले हिजोका सरकारले गरेका कामलाई निरन्तरता दिने र नागरिक लक्षित योजना कार्यान्वयनमा आफ्नो ध्यान केन्द्रीत हुने बताएका हुन् ।
‘संघीयता लागुपछि शुन्यबाट काम गर्नुपर्ने अवस्था छैन्,’ शाहीले भने, ‘आम नागरिकहरुमा कामै गरेनन् भन्ने भ्रम रहेकाले केही राम्रा कामहरु भएकाले बाँकी अँधूरा कामलाई पनि पूरा गर्ने जिम्मेवारी काँधमा थपिएका छ । पक्कै सुधारोन्मुख कामहरु गर्नेछु ।’
पटक–पटक अभिव्यक्ति दिँदै आएका शाहीले विकास लागि ६ ‘ब’ अनुशरण गर्नुपर्ने दोहो¥याए । ‘बाटो विजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो,’ शाही भन्छन्, ‘विकट प्रदेशमा कनेक्टीभीटी राम्रो भएन भन्ने गुनासो छ, मेरो कार्याकालमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई पनि व्यवस्थित गर्ने योजनामा ध्यान केन्द्रीत हुनेछ ।’
विगतमा गरिएको प्रदेशको कर्मचारी तथा दरवन्दी संरचनाका केही त्रुटी भएको मुख्यमन्त्री शाहीले स्वीकार गरे । ‘कर्मचारी व्यवस्थापनमा चुनौती भएको सत्य हो, यहाँको जनसंख्या हेरेर दरवन्दी मिलान ग¥यौं, भौगोलिक विकटता नहेर्दा समस्या भएको हो,’ शाहीले भने, ‘पूर्वाधारमा डि स्तरको दरवन्दी हुनुपथ्र्यो र कँही कतै मिस भयो । अब दरवन्दी व्यवस्थापनलाई समाधान गर्नेछौं ।’
मुख्यमन्त्री शाहीले विगतमा गरिएकाे कर्मचारी तथा दरवन्दी संरचनामा कठिनाइँ उत्पन भएकाेले त्यसमाथि अध्ययन, विश्लेशण गर्न गठन गरिएकाे समितिमा सम्बन्धी निर्णयमा हस्तारक्षर समेत गरेका छन् । समितिले कर्मचारी तथा दरवन्दी संरचनामाथि अध्ययन गरेर प्रतिवेदन तयार गरी प्रमुख सचिव समक्ष पेश गर्नेछ । तर समितिमा काे काे छन् भन्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयले केही खुलाएकाे छैन् ।
सुशील खड्का । २०७८ कार्तिक १७, बुधबार