एजेन्सी । भारतको राष्ट्रपति भवनमा एकजना महिला उच्च पुरस्कार थाप्न खाली खुट्टा गएकी छिन।
लामो समयदेखि रुख रोप्ने अभियानमा सक्रिय रहेकी श्रीमती तुलसी गौडा साधारण भेषमा जुत्तानै नलगाएर राष्ट्रपति भवनको विशेष समारोहमा पुग्दा त्यहाँ उपस्थित सबै चकित भएका थिए।
भारतका राष्ट्रपति कोविन्दले श्रीमती तुलसी गौडालाई सामाजिक कार्यका लागि पद्मश्री प्रदान गरेका थिए।
उनी कर्नाटककी वातावरणविद् हुन् । उनले ३० हजार भन्दा बढी बिरुवा रोपेकी छिन। उनी विगत छ दशकदेखि वातावरण संरक्षण गतिविधिमा संलग्न छिन्।
एजेन्सी । २०७८ कार्तिक २६, शुक्रबार