काठमाडाैं । नेपालस्थि तीन देशका राजदूतले जलवायु परिवर्तनले पारेकाे असर बुुझ्न आगामी साता हिमाली जिल्लाको भ्रमण गर्ने भएका छन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले भ्रमणको योजना बनाएका हुन ।
काठमाडौँस्थित अमेरिकी दूतावासले उनीहरू मुुगुु स्थित रारा ताल पुुग्ने कार्यक्रम छ । राजदूतहरूले अनौपचारिक बैठकको तस्वितर सार्वजनिक गर्दै सामाजिक सञ्जाल ट्वीटरमा भ्रमणको जानकारी दिएका छन । जलवायुु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दा र वातावरणमा पारेकाे असरलगायत जलवायुसम्बन्धी तुरुन्तै गर्नुपर्ने कामबारे जनचेतना जगाउनुु संयुक्त भ्रमणको उद्देश्य हुने अमेरिकी दूतावासले उल्लेख गरेकाे छ ।
गत साता बेलायतको ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी ‘कोप २६’ को ‘वल्र्ड लिडर्स समिट’को आयोजना भएको थियो । विश्व मञ्चमा प्रधानमन्त्री शेरबहादुर देउवाले अत्यधिक कार्बन उत्सर्जनले नेपालजस्ता हिमाली राष्ट्रमा पर्ने असरबारे भनाइ व्यक्त गरेका थिए । भ्रमणका क्रममा रारा ताल वरिपरिका स्थानीय समुदाय र सरकारी नेतृत्वसँग छलफल गर्ने नेपालका लागि अमेरिकी राजदूत बेरीले उल्लेख गरे ।
उनले समुुदाय र पारिस्थितिक पद्धतिमा परेकाे असर बुुझ्ने बताए । भ्रमणको तालिका सार्वजनिक भइसकेको छैन । जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव अमेरिकाको चासोको सूचीमा रहँदै आएको छ । गत वर्षसमेत अमेरिकी राजदूत बेरीले जलवायु परिवर्तनको असर बुुझ्न शिवपुरी जङ्गलको अवलोकन भ्रमण गरेका थिए ।
अत्यधिक कार्बन उत्सर्जनले विश्व तापमान निरन्तर वृद्धि हुँदै गएको र त्यसको असर हिमाली राष्ट्र तथा समुद्र वरिपरिको बस्तीमा अत्यधिक पर्ने आकलन गरिएकाे छ । वातावरणीय तापमान वृद्धि हुँदा हिमालको हिउँ छिट्टै पग्लेर वन्यजन्तु तथा पारिस्थितिक पद्धतिका लागि चुनौती थपिँदै गएको छ ।

नेपालीरैबार । २०७८ कार्तिक २८, आईतवार