सभामुख महराले दिए राजीनामा

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

उनले छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, “हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।

यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ

यो पनि पढ्नुहोस:


कांग्रेस सभापतिहरुद्वारा सभामुख महरालाई कारबाहीको माग


 

तपाईको प्रतिक्रिया