क्वीक साेलुशनकाे आयोजनामा कम्प्युटर उपकरण सुरक्षा तालिम

सुर्खेत । नयाँ नयाँ प्रविधिकाे विकाससँगै कम्प्युटर उपकरणहरूकाे सुरक्षा कसरी गर्ने विषयमा पार्टनर मिट अनुशिक्षण गरिएकाे छ । न्यूट्रीक नेपालकाे सहयाेगमा कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेकाे क्वीक कम्प्युटर साेलुशनले साे कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

कम्प्युटर तथा अन्य उपकरणहरूकाे सुरक्षा सम्बन्धी कम मात्रै जानकारी प्रदान गरिन्छ । तर क्वीक कम्प्युटर साेलुशनले पहिलाे पटक उद्याेगी र प्राविधिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूलाइ थप प्रशिक्षित र उपकरणहरूकाे सुरक्षा कसरी गर्ने भन्ने विषयमा अनुशिक्षण गराएकाे हाे ।

उक्त कार्यक्रममा नयाँ नयाँ उपकरणबारे जानकारीसँगै ति उपकरणहरूकाे कसरी दिर्घकालिन सुरक्षा गर्ने भन्ने विषयमा तालिम प्रदान गरिएकाे क्वीक कम्प्युटर साेलुशनका सञ्चालक धर्मु भण्डारीले जानकारी दिए ।

उनकाअनुसार कार्यक्रममा हिकभिजन कम्पनीका सीसीटीभी क्यामरा आउने समस्या र तिनकाे समाधानका विषयमा पनि सिकाइएकाे थियाे । कार्यक्रममा सहभागीहरूलाइ हिकभिजन हडक्वाटर काठमाडाैंका टेक्निकल इन्जिनियर सुप्रिम काेइरालाले तालिम प्रदान गरेका थिए ।

 शुभ हाेटलमा आयाेजित कार्यक्रममा विभिन्न रोचक क्वीज कन्टेष्ट र लक्कीड्रहरू पनि समावेश गरिएकाे थियाे । अनुशिक्षणमा सहभागीहरूलाइ प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया