यस्ता छन् सीसीएमसीका सिफारिस

फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य, दलहरुलाई सभा-सम्मेलन रोक्न आग्रह

काठमाडौं । आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

आज बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता सुनिता नेपालका अनुसार खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश पाउनेछैनन् ।

– माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

– २५ जनाभन्दा बढी भेला हुन नपाइने, दलहरुलाई सभा-सम्मेलन रोक्न आग्रह

– आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य, यस्ता छन् सीसीएमसीका सिफारिस

खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय सीसीएमसीले गरेको प्रवक्ता नेपालले बताइन् । यो निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ । पछिल्लो दिनमा कोभिड–१९ संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको हो ।

तपाईको प्रतिक्रिया