मौसम : कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरुमा सामान्य बदली रहेको छ। बाँकी स्थानहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।

राति पनि देशभर आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया