कर्णाली प्रदेशसभाको नवौं बैठक आज बस्ने

सुर्खेत। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज (बुधबार) अधिवेशन आह्वान गरिएको र संसद बैठक बस्ने जनाएको छ । बैठक दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका थिए । सोही अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण मंसिर १५ गते प्रदेशसभा बैठक बसालिएको थियो ।

तपाईको प्रतिक्रिया