सुर्खेत भित्रने मुख्य नाका बन्द, यात्रुको विजोग (फोटो फिचर)

सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि कर्णाली राजमार्ग ठप्प भएको छ । वीरेन्द्रनगर भित्रने मुख्य नाका बाँगेशीमलमा मोटरसाईकल ठक्करबाट मृत्यु भएकी वीरेन्द्रनगर–२ निवासी नन्दकली कंडेलका आफन्तले राजमार्ग बन्द गरेका हुन् ।

याे पनि पढ्नुहाेस् :  वृद्धालाई ठक्कर दिने नक्कली चालक खडा गरेपछि बाँगेशीमलमा आन्दोलन

बन्दकर्ताले बाँगेशीमल प्रहरी चौकी र बाँगेशीमल बजार क्षेत्रमा सडकमा ढुंगा र काठ तेस्र्याएर सडक अवरुद्ध गरिरहेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर र बाह्य जिल्ला जाने यात्रुहरु सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् । प्रहरीले भने वास्तविक चालकको पहिचानका लागि अनुसन्धान गरिरहेकाले सम्वादमा आउन अपिल गरेको छ । तर सोमबार विहानैदेखी जारी वार्ता असफल भएपछि सक्कली चालक पक्राउ गर्नु पर्ने र पीडितलाई उचित क्षतीपूर्तिको माग राख्दै आफन्तले बाँगेशीमलमा आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया