आजको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर ११९ रुपैयाँ ६२ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १३५ रुपैयाँ ६७ पैसा र बिक्री दर १३६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १३ पैसा र बिक्री दर १३० रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०६ पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ।

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३८ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६९ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया