सडक निर्माणदेखी स्वास्थ्य क्षेत्रको विकासमा उल्लेख्य काम गरेका छौं : उपप्रमुख ढकाल (भिडियाे)

सुर्खेत । स्थानीय तहको निर्वाचन भएको झण्डै पाँच वर्षे कार्यकाल सकिदैँछ । यो अविधिमा स्थानीय तहहरुले उल्लेख्य काम गरेका छन् । आँगनमै नागरिकहरुलाई प्रभावकारी सेवा दिने उदेश्यले स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर काम गरिरहेका छन् ।

अस्ट्रलियन एड र द एसिया फाउण्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तरगत नेतृत्वमा महिलाको सहभागितापछि कस्ता कस्ता उपलव्धीहरु स्थानीय तहले गरकाे छन् भन्ने विषयमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालकाे भिडियो सामग्री तयार गरिएकाे छ । मुख्यगरी चार वर्षको अवधिमा वीरेन्द्रनगरले नगरका विभिन्न क्षेत्रमा कामहरुलाई विभाजन गर्दा पूर्वाधार र सामाजिक सुरक्षालाई छुट्टाछुट्टै रुपमा गरेकाे उपप्रमुख ढकालले बताउनु भयाे ।

सडक, विद्यालय, स्वास्थ्य चौकी भवन निर्माण लगायतका थुप्रै कामहरु अघि बढाएको जानकारी दिनुभएकाे ढकालले सामाजिक न्यायको क्षेत्रलाई हेरेर महिला स्वरोजगारलाई पनि प्राथमिकता दिएको उल्लेख गर्नुभयाे । उहाँले वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले सेफ हाउस (सुरक्षित आवास) निर्माणको काम पनि अन्तिम चरणमा रहेको बताउनुभयाे ।

‘कानूनी सेवा अथवा न्यायिक समिति न्यायिक निकाय पनि हो, विवादलाई हरेक कानूनी प्रक्रिया अपनाएर अघि बढाउन बरिष्ठ अधिवक्तालाई कानूनी सल्लाहकारको रुपमा राखेर थुप्रै विवादहरु समाधान गर्यौं,’ ढकालले भन्नुभयाे, ‘दलित, अपाङ्ग, महिला जतजानती, पछाडी परेको वर्ग र जेष्ठ नागरिकहरुका विवाद निरुपणका लागि अदालतमा जानु परेको खण्डमा उहाँहरुको पक्षमा निवेदन लेखिदिने व्यवस्था गरेर न्यायिक क्षेत्रमा सहजिकरणको काम समेत नगरपालिका गर्दै आएकाे छ ।’

उहाँले करको दर बढाउनु नहुने र नागरिकलाइ कर वृद्धि भएको महशुस गर्न नपर्ने गरी वीरेन्द्रनगरले काम गरेको उल्लेख गर्नुभयाे । ‘राज्यले धेरै क्षेत्रबाट कर लिन सक्छन त्यो करलाई व्यवस्थित गर्न सम्बन्धित क्षेत्रको विकास गर्नु पर्छ भन्ने अवधारणालाई अघि सार्यौं,’ ढकालले थप्नुभयाे, ‘योजना तर्जुमा समितिकै सभापति र संयोजकमा रुपमा उपप्रमुखले काम गर्नुपर्ने भएकाले पनि वृहत रुपमा छलफल गरेर योजनाहरु अघि सारेर कार्यान्वयमा लैजादा सहज भयो ।’ उहाँले नगरका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेको पनि जानकारी दिनुभयाे ।

अस्ट्रलियन सरकार र द एसिया फाउण्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तरगत चार वर्षको अवधिमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गर्नु भएका कामहरुको भिडियो सामग्री

https://www.facebook.com/100052260063417/videos/2977879312465552/

तपाईको प्रतिक्रिया