कर्णालीकै पहिलाे मासज सेन्टर सुर्खेतमा, दाेहाेरी साँझ र रेष्टुराँ पनि सञ्चालनकाे तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा हर्वल स्पा (मसाज सेन्टर) सञ्चालनमा ल्याइएकाे छ । शनिबारदेखि सञ्चालनमा ल्याइएको ड्रिम्स फिटनेस एण्ड हर्वल स्पा (मसाज सेन्टर) को उद्घाटन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गरेका हुन् ।

सुर्खेतका युवा व्यवसायीहरु उपेन्द्र खड्का, विशाल ढकाल, डम्बर  गौतम र मानव बमले दुई करोड रुपैयाँ भन्दा बढीको लगानीमा स्थापना गरेका हर्वल स्पा साउना, स्टिम बाथ, जाकुजीका साथै शरीर मसाजको सेवा उपलब्ध छ । स्पा सञ्चालक विशाल ढकालका अनुसार फेसियल हाउस, हर्वल स्पाका साथै दोहोरी साँझ र रेष्टुराँ पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

मानिसहरुको दैनिकी व्यस्त हुँदै गएको र आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसकेको अवस्थामा हर्वल स्पाबाट शरीर स्वस्थका साथै तन्दरुस्त राख्न सघाउ पुग्ने दाबी ढकालको छ । अहिले फेसियल हाउस र स्पामा करीब २० जनाले रोजगारी पाएका छन् भने पुरै योजना सञ्चालनमा आएमा ५० जनाले रोजगारी पाउने ढकालको भनाई छ ।

यस्तै, वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले प्रदेश राजधानी भएसँगै युवाहरुको आकर्षण व्यवसाय क्षेत्रमा पनि परेको बताउँदै सौन्दर्य र शारीरिक स्वस्थ्यताका लागि हर्वल स्पाहरुको आवश्यकता भएको हुँदा यसले व्यस्त मानिसको जीवनलाई स्वस्थ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया